Rule 9
चेतावनीमूलक सन्देश र संकेत चिन्ह थप वा परिवर्तन गर्ने कार्यविधि
(१) मन्त्रालयले ऐनको दफा ९ बमोजिम तोकिएका चेतावनीमूलक सन्देश तथा सड्ढेत चिन्ह एक वर्षभित्र थप गर्न सक्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम थप वा परिवर्तन गरेका चेतावनीमूलक सन्देश र सङ्केत चिन्ह उद्योग मन्त्रालय मार्फत उत्पादकलाई उपलब्ध गराई सूर्तिजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट र पार्सलमा छाप्न तथा अड्ढित गर्न लगाउनु पर्नेछ ।